काठमाडौं – प्राविधिक शिक्षा, सीप विकास र रोजगारीलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्ने उद्देश्यसहित लक्ष्मी हुन्डाईले आफ्ना दुई प्राविधिकलाई दक्षिण कोरिया पठाएको छ। लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारीमा आबद्ध भएका उनीहरू उन्नत अटोमोबाइल प्रविधिबारे थप ज्ञान तथा व्यावहारिक सीप हासिल गर्न दक्षिण कोरिया प्रस्थान गरेका हुन्।


ADVERTISEMENT


उनीहरूले दक्षिण कोरियास्थित हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमी अन्तर्गत प्रशिक्षण लिनेछन्। प्रशिक्षणका क्रममा उनीहरूले आधुनिक सवारीसाधनको डायग्नोस्टिक, मर्मतसम्भार, सर्भिसिङ तथा नयाँ पुस्ताका अटोमोबाइल प्रविधिबारे थप जानकारी र व्यावहारिक सीप हासिल गर्नेछन्।


ADVERTISEMENT

# # #


लक्ष्मी हुन्डाईका अनुसार उनीहरूको प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको यात्रा करिब चार महिनामै पूरा भएको हो। अध्ययनका क्रममा कक्षाकोठाबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्ने अवसर पाएपछि उनीहरूले सवारीसाधनको सर्भिसिङ, समस्या पहिचान, डायग्नोस्टिक तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका छन्।

अप्रेन्टिससिप सफलतापूर्वक पूरा गरेपछि उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसरसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ। यसले प्राविधिक शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी प्रत्यक्ष रोजगारी र व्यावसायिक करियरसँग जोड्ने प्रयासलाई थप बल पुगेको कम्पनीको भनाइ छ।

लक्ष्मी हुन्डाईले सीटीईभीटीअन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ। यस्तो कार्यक्रममार्फत विद्यार्थीलाई प्राविधिक ज्ञानसँगै कार्यस्थलको अनुशासन, समय व्यवस्थापन, समस्या समाधान, ग्राहक सेवा तथा व्यावसायिक व्यवहारबारे समेत सिक्ने अवसर उपलब्ध हुँदै आएको जनाइएको छ।

कम्पनीले हुन्डाई ट्यालेन्ट एकेडेमीमार्फत प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपाली प्राविधिकलाई विश्वस्तरीय प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको दक्षतालाई थप परिष्कृत गर्ने विश्वास व्यक्त गरेको छ। दक्षिण कोरियामा प्राप्त ज्ञान, प्रविधि र अनुभवलाई नेपाल फर्किएपछि आफ्नै कार्यक्षेत्रमा प्रयोग गर्दै नेपाली अटोमोबाइल क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा पनि कम्पनीको छ।

सीप हासिल गरेपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थालाई मात्र प्राथमिकता नदिई, अन्तर्राष्ट्रिय स्तरको सीप र प्रविधि नेपालमै प्रयोग गरेर दीर्घकालीन करियर निर्माण गर्न सकिने वातावरण तयार गर्नु आफ्नो उद्देश्य रहेको लक्ष्मी हुन्डाईले जनाएको छ।