आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अघिल्लो कार्यसमितिमा रहेका सबैलाई विशेष महाधिवेशनपछि गठन हुने केन्द्रीय समितिमा आउन सक्ने व्यवस्था गर्ने निर्णय गरेको हो।
ADVERTISEMENT

कांग्रेसको यो निर्णयसँगै देउवा नेतृत्वको कार्यसमितिमा रहेका सदस्यका लागि नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुलेको छ। पार्टीले नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको तयारी अघि बढाइरहेका बेला अघिल्लो कार्यसमितिका सदस्यलाई पनि नयाँ संरचनामा समेट्ने निर्णय गरेको हो।
यसैबीच कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाएको छ। पार्टीका अनुसार ३ र ४ असोजमा वडा तहको अधिवेशन हुनेछ भने १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन आयोजना गरिनेछ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै नयाँ केन्द्रीय समिति गठन हुनेछ। कार्यसम्पादन समितिको पछिल्लो निर्णयले अघिल्लो कार्यसमितिका सदस्यलाई पनि त्यसमा सहभागी हुने बाटो स्पष्ट गरेको छ।