काठमाडौं- नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै विशेष योजना ‘Hyundai Festive Drive २०८३’ सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, स्क्र्याच कार्डमार्फत ५ लाख रुपैयाँसम्मको थप नगद छुट जित्ने अवसर समेत प्रदान गरिएको छ।
कम्पनीका अनुसार गाडी खरिदमा ग्राहकले १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क Road Tax समेत पाउनेछन्।
त्यसैगरी, हुन्डाईका गाडीमा ३ वर्षको वारेन्टी तथा ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी सुविधाले ग्राहकलाई गाडी खरिदसँगै दीर्घकालीन स्वामित्व अनुभवमा थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ।
दशैं, तिहार तथा छठको अवसरमा ल्याइएको यो योजना भदौ २३, २०८३ देखि लागू भएको हो। ग्राहकले नजिकैको हुन्डाई शोरुममा पुगेर ‘Hyundai Festive Drive २०८३’ अन्तर्गत उपलब्ध छुट तथा सुविधाबारे जानकारी लिन सक्नेछन्।
































































