काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।


ADVERTISEMENT


सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गरेमा आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ।

यस सहकार्यले कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन तथा कानुनी र प्राविधिक परीक्षणलगायत बैंकका प्रचलित नीति तथा मापदण्डका आधारमा उपलब्ध हुनेछ।

मुक्तिनाथ विकास बैंकले आवास कर्जासँगै अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ।