काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसनबीच व्यावसायिक तथा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


समझदारीअनुसार गोर्खाज फाइनान्सका नेपालभर रहेका शाखामार्फत हिमालय अर्गनाइजेसनअन्तर्गतका कम्पनी तथा ब्रान्डबाट व्यावसायिक सवारी र विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई रिटेल तथा कमर्सियल फाइनान्सिङ सुविधा उपलब्ध गराइनेछ।


ADVERTISEMENT

# # #


हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटरक्स प्रालिलगायत सम्बन्धित संस्थाहरू रहेका छन्। अर्गनाइजेसनले नेपालमा व्यावसायिक तथा विद्युतीय सवारीको क्षेत्रमा विभिन्न ब्रान्डका सवारी साधन आयात तथा वितरण गर्दै आएको छ।

अर्गनाइजेसनले डोङफेङ इलेक्ट्रिक कमर्सियल भेहिकल, गोल्डेन ड्रागन कमर्सियल भेहिकल, एसएआईसी–म्याक्सस पिकअप, हुबेई ट्राइ–रिङ मोटर्स तथा फोर्स मोटर्सका सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। समझदारीको मुख्य उद्देश्य ग्राहकलाई प्रतिस्पर्धी तथा सहज वित्तीय सुविधा उपलब्ध गराउँदै गुणस्तरीय ‘ग्रीन फाइनान्सिङ’ पोर्टफोलियो विस्तार गर्नु रहेको छ। सहज वित्तीय पहुँचले व्यावसायिक तथा विद्युतीय सवारीको खरिदलाई प्रोत्साहन गर्नुका साथै दुवै संस्थाको व्यावसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हिमालय अर्गनाइजेसनले नेपालमा दिगो, नवीन तथा लागत–प्रभावी यातायात समाधान विस्तार गर्ने लक्ष्यसहित व्यावसायिक सवारीको बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ। गोर्खाज फाइनान्ससँगको सहकार्यले विशेषगरी व्यावसायिक तथा विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकका लागि वित्तीय पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।