काठमाडौं- जिग्रि इन्टरट्रेनमेन्टको प्रस्तुतिमा गायक अमृत लामाको स्वर रहेको तामाङ भाषाको गीत ‘सेम्ला माया–२’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।


ADVERTISEMENT


बौद्धस्थित एक होटलमा आयोजित विशेष कार्यक्रमबीच म्युजिक भिडियोको प्रिमियर गरिएको हो। कार्यक्रम नेपाली कांग्रेसका युवा नेता निरञ्जन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


ADVERTISEMENT

# # #


तामाङ भाषा, संस्कृति र मौलिकतालाई केन्द्रमा राखेर तयार पारिएको गीतको भिडियोमा कलाकार सिर्जना घिसिङ र अमृत तामाङले मुख्य भूमिका निर्वाह गरेका छन्। भिडियोले तामाङ समुदायको सांस्कृतिक परिवेशसँगै प्रेम र भावनात्मक पक्षलाई समेत प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

गायक अमृत लामाको स्वर रहेको गीतमा तामाङ भाषाको मौलिक स्वादलाई प्राथमिकता दिइएको छ। ‘सेम्ला माया–२’ यसअघि सार्वजनिक भएको गीतको निरन्तरताका रूपमा प्रस्तुत गरिएको हो।

भिडियो प्रिमियर कार्यक्रममा कलाकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले तामाङ भाषा र संस्कृतिलाई गीत–संगीतमार्फत प्रवर्द्धन गर्ने प्रयासको प्रशंसा गरेका थिए।

म्युजिक भिडियो जिग्रि इन्टरट्रेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत आजैदेखि दर्शकमाझ उपलब्ध भएको निर्माण पक्षले जनाएको छ।