झापा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहमा सम्पन्न निर्वाचनबाट कोशी प्रदेश, झापा जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर ४ अन्तर्गत कनकाई नगरपालिका–३ बाट पुण्यप्रसाद सिटौला क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।


ADVERTISEMENT


२०८३ साल असोज ३ गते सम्पन्न वडा अधिवेशनबाट क्रियाशील सदस्यता नम्बर ३१२८११ रहेका सिटौला क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएका हुन्।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीले वडा तहदेखि नै निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ। सोही क्रममा कनकाई नगरपालिका–३ मा भएको निर्वाचनबाट सिटौला क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

सिटौलाको निर्विरोध निर्वाचनसँगै कनकाई–३ बाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाले पनि थप गति लिएको छ। वडा तहमा सहमति र निर्विरोध निर्वाचनमार्फत नेतृत्व चयन गर्ने क्रम विभिन्न स्थानमा जारी रहेको कांग्रेसले जनाएको छ।