काठमाडौं- नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘चाडपर्व योजना–होन्डाको सफर’ नाममा ल्याएको योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन् ।


ADVERTISEMENT


चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले सार्वजनिक गरिएको योजनामा नगद छुटसँगै ग्राहकका लागि विभिन्न सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बीमा निःशुल्क उपलब्ध गराइनेछ ।


ADVERTISEMENT

# # #


यस्तै, गाडी खरिदपछि ग्राहकको अनुभवलाई सहज बनाउन कम्पनीले ५ वर्षसम्म निःशुल्क सवारीसाधन मर्मत सेवा र एक वर्षसम्म निःशुल्क सडक सहायता उपलब्ध गराउने जनाएको छ ।

पुरानो गाडी साटेर नयाँ होन्डा कार खरिद गर्न चाहने ग्राहकका लागि पनि योजनामा विशेष सुविधा राखिएको छ । ग्राहकले सजिलो तथा तत्काल सवारीसाधन साट्ने सुविधा लिन सक्नेछन् भने पुरानो गाडी साट्दा आकर्षक साटफेर बोनस समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ गाडी खरिदलाई थप सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा आकर्षक तथा न्यून ब्याजदरमा सहज कर्जा सुविधा पनि योजनामा समावेश गरिएको छ ।

कम्पनीका अनुसार ‘चाडपर्व योजना–होन्डाको सफर’ योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होन्डा कार बिक्री केन्द्रमा लागू हुनेछ । योजनाअन्तर्गत कार खरिद गर्दा कम्पनीका नियम तथा सर्तहरू लागू हुनेछन् ।

‘उज्ज्वल भोलितर्फको यात्रा’ नारासहित ल्याइएको योजनामा होन्डाका सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी लगायतका कारमा विभिन्न छुट तथा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले चाडपर्वको अवसरमा आकर्षक छुट तथा सुविधासहित होन्डाका कार खरिद गरी आफ्नो र परिवारको खुसीलाई थप विशेष बनाउन ग्राहकलाई आग्रह गरेको छ । योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको होन्डा कार बिक्री केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।