काठमाडौं- भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर घटाएपछि नेपालबाट भारत तर्फहुने खाने तेल निर्यात प्रभावित हुने सम्भावना बढेको छ।


ADVERTISEMENT


नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा पर्ने सोयाबिन तेल र सुर्यमुखी तेल भारत तर्फनिर्यात ठप्प हुने अवस्था आए खाने तेल उद्योगहरु बन्द हुनुका साथै मजदुरहरु कामविहिन हुने व्यवसायीहरुले जनाएका छन्।


ADVERTISEMENT

# # #


भारत सरकारले सेप्टेम्बर २४ तारिख देखि सोयाबिन र पाम तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको साढे १६ प्रतिशत भंसारलाई घटाएर साढे ११ प्रतिशत र सुर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भंसारलाई घटाएर साढे ५ प्रतिशत पु¥याएको छ ।

कच्चा पदार्थमा अत्यधिक भंसार दर घटाइएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका साथै अन्य क्षेत्रका खाने तेल उद्योगहरुले भारतमा प्रतिस्पर्धा गर्न नसक्ने र निकासी नै बन्द हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिएका छन्।

उनले भारत तर्फनिकासी गर्ने गरी आयात गरिएको कच्चा पदार्थबाट प्रशोधित खाने तेलहरु भने घाटा खाएर भएपनि भारत निर्यात गर्नैपर्ने स्थिति रहेको बताएका छन्।

भारत तर्फनिकासी हुने खाने तेल साफ्टा अन्तर्गत भारत तर्फनिकासी हुँदा शुन्य भंसार तिर्नुपर्ने र ५ प्रतिशत मात्र जिएसटी लाग्ने गर्दथ्यो। करिब ५ प्रतिशतको मार्जिन समेत भारतले घटाई दिदा निकासीको सम्भावना अन्त्य भएको खाने तेल उद्योगीहरुले बताएका छन् ।