राहुल गुप्ता – पर्सागढी नगरपालिकाका युवा निरंजन कुमार साहले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पर्सा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।


ADVERTISEMENT


साहले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र जनमुखी राजनीतिक संस्कारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।


ADVERTISEMENT

# # #


युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै पार्टीलाई थप समावेशी, पारदर्शी र जनमुखी बनाउन आफ्नो भूमिका रहने साहको भनाइ छ।

पर्सागढी नगरपालिकाका युवा नेताका रूपमा सक्रिय साहले महाधिवेशन प्रतिनिधिको भूमिकामार्फत पार्टी संगठनलाई सुदृढ बनाउने तथा स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म युवाको अर्थपूर्ण सहभागिता बढाउन पहल गर्ने बताएका छन्।

उनको उम्मेदवारी घोषणासँगै पर्सा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।