राहुल गुप्ता, बारा- रिलायन्स पेन्ट्सद्वारा आयोजित पेन्टर भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा परवानीपुर गाउँपालिका–५, नौतन टोलका युवा नेता तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सन्जु साह सहभागी भएका छन्।
कार्यक्रमका क्रममा साहले पेन्टर, व्यवसायी तथा निर्माण क्षेत्रसँग आबद्ध व्यक्तिहरूसँग भेटघाट गर्दै विभिन्न विषयमा अन्तरक्रिया गरेका थिए। पेन्टिङ तथा निर्माण व्यवसायसँग सम्बन्धित गतिविधि, व्यावसायिक सहकार्य र आपसी सम्बन्धका विषयमा समेत छलफल भएको थियो।
सोही अवसरमा गौरव सप्लायर्स, वीरगञ्जले युवा नेता साहलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो। सम्मान ग्रहण गर्दै साहले कार्यक्रमका आयोजक तथा गौरव सप्लायर्सप्रति आभार व्यक्त गर्दै यस्ता भेटघाट तथा अन्तरक्रियाले व्यवसायी, पेन्टर र सम्बन्धित क्षेत्रका व्यक्तिहरूबीच सहकार्य र सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने बताए।
उनले आगामी दिनमा पनि व्यावसायिक क्षेत्रको विकास र आपसी सहकार्यलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा रिलायन्स पेन्ट्सका प्रतिनिधि, पेन्टर, व्यवसायी तथा स्थानीय क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
































































