काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट रिहा भएका छन् ।


ADVERTISEMENT


गएराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका लागि कार्यालयमा ल्याइएको थियो । कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा उनलाई सुरक्षित स्थानमा लगेर छाडिएको जनाइएको छ ।

कार्यालयका एक प्रहरी अधिकृतले जबरा कार्यालयबाट गइसकेको र सुरक्षित स्थानमा पठाइएको जानकारी दिएका छन् । जबरालाई नियन्त्रणमा लिनुको कारण र घटनाको विस्तृत विवरणबारे भने प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन ।