काठमाडौं – इङ्ल्यान्डका ह्यारी केन रुस विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन्। दुई खेल खेल्दा केनले पाँच गोल गरेका हुन्। पानामाविरुद्धको आइतबारको खेलमा उनले ह्याट्रिक गरे। यसअघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु चार–चार गोल गर्दै प्रतिस्पर्धामा थिए। केनको आइतबारको ह्याट्रिकसँगै उनीहरु पछि परेका हुन्।


ADVERTISEMENT


रुस विश्वकपको आइतबार जारी खेलको पहिलो हाफमै केनले दुई गोल गरेका थिए भने दोस्रो हाफमा अर्को गोल गर्दे ह्याट्रिक पूरा गरे। उनी इङ्ल्यान्डका कप्तान हुन्। यसअघिको खेलमा उनले दुई गोल गरिसकेका थिए।


ADVERTISEMENT

# # #


पोर्चुगलका रोनाल्डोले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए भने दोस्रो खेलमा मोरक्कोविरुद्ध एक गोल गरेर व्यक्तिगत चार गोल बनाएका छन्। बेल्जियमका लुकाकुले पानामाविरुद्धको पहिलो र ट्युनिसियाविरुद्धको दोस्रो खेलमा दुईदुई गरेर चार गोल बनाएका छन्।

दुई खेल खेलेर बेल्जियमका इजन हाजार्ड र स्पेनका डिएगो कोस्टाले भने तीन–तीन गोल गरेर रोनाल्डो र लुकाकुलाई पछ्याइरहेका छन्। विश्वकपमा स्टार मानिएका अर्जेन्टिनाका मेसीले गोल गर्न सकेका छैनन् भने ब्राजिलका नेमारले १ गोल गरेका छन्।

दुई खेलबाट चार–चार गोल गर्ने रोनाल्डो, लुकाकु र केनलाई गोल्डेन बुटको दाबेदारको रुपमा हेर्न थालिएको छ।