१० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ ।


ADVERTISEMENT


काठमाडौं–सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो– तास ।


ADVERTISEMENT

# # #


मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ । सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरेको छैन ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्यको झन्डै एक करोड एक लाख ६२ हजार प्याकेट तास आयात भएको छ । यसबाहेक भारतबाट खुला सीमा प्रयोग गरेर हजारौं प्याकेट आयात भइरहेको तासको कुनै लेखाजोखा छैन ।

गत आर्थिक वर्षमा तासको आयात चालू आवको १० महिनाभन्दा केही बढी छ । गत वर्ष २०७३/७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको एक करोड ११ लाख तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । – आजको नागरिक दैनिकबाट