काठमाडौं–बर्खा लागेपछि जिल्लाका विकासे कार्यालय र स्थानीय तहले धमाधम विकासका काम अघि बढाएका छन् ।


ADVERTISEMENT


निर्माण व्यवसायीमाथि सरकारले निगरानी बढाएपछि विकासे कार्यालयअन्तर्गत ठेक्कामा लागेका आयोजनाको काम धमाधम हुन थालेको छ ।


ADVERTISEMENT

# # #


नियमनकारी निकायले निर्माण व्यवसायीलाई दोष देखाउने र व्यवसायीले सामग्री अभावलगायत कारण देखाउँदा विकास निर्माण समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै गएको छ । सरकारले तोकिएको समयमा काम नसक्ने निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएपछि केही व्यवसायीले कामलाई निरन्तरता दिएको जानकारी सम्बन्धित कार्यालयले दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, इलामले केही साताअघि अधुरा आयोजना, ठेक्का लिएका कम्पनी र तिनका प्रतिनिधिको नामसहितको विवरण गृह मन्त्रालयमा पठाएको थियो ।

उन्नति परियोजनाअन्तर्गत जिल्ला प्राविधिक कार्यालयको प्राविधिक रेखदेखमा भइरहेको सडक निर्माण सुस्त गतिमा थियो । फिक्कल–नयाँबजार सडक स्तरोन्नतिको काम यही असार मसान्तसम्म सक्नुपर्ने हो तर, अहिलेसम्म ५५ प्रतिशत मात्रै काम भएको प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगानाले बताए । – आजको नागरिक दैनिकबाट