काठमाडौँ– मलेसियामा हुने एशियाकप क्रिकेट छनोटका लागि हङकङले १५ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । हङकङ क्रिकेट बोर्डले बाबर हायातको कप्तानीमा टोली घोषणा गरेको हो ।
छनोट गरिएको टोलिमा बाबर हायात(कप्तान), अशुंमान रथ (उपकप्तान), तानवीर अज्फल, नादिम अह्मेद, हरुण अर्सेद, क्रिस्टोफर कार्टर, अजिज खान, इशान खान रहेका छन् । यस्तै वाकस खान, क्यामेरोन मेकास्लेन, हङकङका स्कट मेकेच्नी, इशान नवाज, किन्चट शाह र झथावेद सुवर्मायन पनि टिममा रहेका छन् ।
एशिया कप छनोट मलेसियामा आगामी अगस्ट २९ देखि हुँदैछ । उक्त प्रतियोगितामा हङकङसहित नेपाल, युएई, ओमन, सिंगापुर र मलेसिया रहेका छन् ।
यस प्रतियोगिताको विजेता टोलिले आगमी सेप्टेम्बरमा युएईमा हुने एसिया कपमा भारत र पाकिस्तानसंग खेल्न पाउनेछ ।