काठमाडौँ– एनआईसी एशिया बैंकले धादिङमा २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले गजूरी गाँउपालिका वडा नं. १ मा गजूरी शाखा र गल्छी गाँउपालिका वडा नं ७ मा गल्छी शाखा सुरुवात गरेको हो ।


ADVERTISEMENT


सोमबार कार्यक्रम गरेर गजूरी शाखाको उद्घाटन उक्त गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी शाखाको उद्घाटन गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।