काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।


ADVERTISEMENT


केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो तीन बजेका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । सरकारको पछिल्लो रवैया अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएको काँग्रेसले भावि रणनीति बनाउने जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा विधान मस्यौदा समिति गठन र महासमिति बैठकको मिति तय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । भदौमा बोलाइएको काँग्रेसको महासमिति विधान मस्यौदा तयार नहुँदा अन्यौलमा परेको छ ।

केन्द्रीय समितिको बैठकले कार्य अवधि सकिएको नेविसंघको तीन महिना अवधि थप्ने सम्भावना छ । नेविसंघको विधान अनुरूप केन्द्रीय समितिको कार्यकाल बढीमा तीन महिना थप्न सकिने प्रावधान छ ।