• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




साँस्कृतिक बिबिधताको उमङ्ग, यो हो बाघभैरव जात्राको रौनक ! !

Aug 17, 2018 |

साँस्कृतिक बिबिधताको उमङ्ग, यो हो बाघभैरव जात्राको रौनक ! !

960
SHARES
ShareTweet

–कृष्णराज गौतम

काठमाडौँ ।  प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह सङ्क्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ । कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने पूजा र जात्राका लागि नगरवासीको सहभागिता रहने गर्दछ । भदौ सङ्क्रान्तिलाई सिंह सङ्क्रान्तिको रुपमा मनाउने प्रचलन छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



काठमाडौँ उपत्यकाबाट १० किलोमिटरको दूरीमा पर्ने उक्त स्थानमा परापूर्वकालमा स्थानीय गोठाला भेडाबाख्रा चराउने क्रममा माटो मुछेर बाघको एउटा मूर्ति बनाएका र त्यही मूर्तिमा भैरवले रुप धारण गरी भेडा, बाख्रा, बोका, राँगालगायतका चौपाया खाएर दुःख दिएपछि स्थानीय बासिन्दाले तान्त्रिक गुरुमार्फत बाघलार्ई शान्त पारेको कथा पाइन्छ ।

तान्त्रिकले भैरवको पूजाआजा गरेर बाघको उत्पात कम भएपछि सोही स्थानमै बाघ भैरवको मन्दिर बनाइएछ । नगरप्रमुख रमेश महर्जनका अनुसार भैरवले माटोको बाघमा रुप धारण गरेपछि स्थानीय बासिन्दाले यही कथाका आधारमा पूजा तथा भेडा, बोका र राँगा बलि दिएर बाघभैरवको जात्राको परम्परा शुरु भएको जनविश्वास छ ।

बाघभैरव स्थान नजिकमा अन्य देवदेवीको मूर्ति छन् भने मन्दिर क्षेत्रमा प्राचीन समयका भाँडाकुँडासमेत राखिएका छन् । मन्दिर समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइ तथा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा फैलिएको छ । प्यागोडा शैलीको तीनतले मन्दिरमा पित्तल र झिँगटीले छानो सजाइएको र १८ वटा गजुर छन् ।

गोपाल वंशावलीका अनुसार कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले इसं १०९९–११२६ को सेरोफेरोमा गरेका हुन् । पृथ्वीनारायण शाहले नेपाल उपत्यका जितेको ४३ वर्षपछि नेपाल संवत् ९२३ मा रणबहादुर शाहकी धाइआमा हस्तीकलाले बाघभैरवको जीर्णोद्धार गरेको बताइएको छ । बाघभैरवको उत्पत्तिकाबारे पुरातात्विक प्रमाण फेला परेका छैनन् र किंवदन्तीका आधारमा जात्रा सञ्चालन गरिएको पाइन्छ । किंवदन्तीका आधारमा आजसम्म पनि बाघभैरवको मूर्तिमा जिब्रो छैन ।

विसं २०१४ मा बाघभैरव खट परिक्रमा समिति स्थापना गरेर नगरका भित्री स्थानीय गाउँमा खटजात्रालाई व्यवस्थितरुपमा चलाउने परम्परा थालिएको कीर्तिपुर–१ का वडा अध्यक्ष हर्ष महर्जनले जानकारी दिनुभयो । एघार वर्ष अगाडि खटजात्रा शुरु गरिएको ५० वर्ष पुगेका अवसरमा स्वर्ण महोत्सव मनाइएको थियो । बाघभैरवको मूर्ति विसं २०३८ र विसं २०६९ मा मर्मत तथा जीर्णोद्धार गरिएको जनाइएको छ ।

यही बाघभैरवको शक्ति प्रदर्शनका लागि मूर्तिलाई खटमा राखेर चार जनाले बोकेर कीर्तिपुरका सबै स्थानमा घुमाउँदै पूजा गरिन्छ । भक्तजनले खटमा रहेका बाघभैरव देवताको मूर्तिमा पूजा गरेपछि कसैले धूप बाल्ने, कोही लावा त कोही धूपबत्ती बाल्ने गर्दछन् ।

जात्राको रमाइलो पक्ष भनेको उक्त मन्दिरमा १०८ पटक परिक्रमा गरेमा पारिवारिक सुख शान्ति कायम भई मनका इच्छा पूरा हुने, समृद्धि प्राप्त हुने विश्वास गरिएको स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी विजयकुमार महर्जनले जानकारी दिनुभयो । मन्दिर घुम्ने भक्तजनले बिहानैदेखि रातभरसम्म परिक्रमा गर्दछन् । ।

नेसं ३३५ मा पाटन पिम्बहालका महापात्र जगतपाल बर्माले बाघभैरव देवताको पुरानो मन्दिर भत्काएर पुनःनिर्माण गराइ तीनतले प्यागोडा शैलीमा मन्दिर बनाएको स्थानीय बुढापाका बताउँछन् । प्रत्येक १२ वर्षमा एकपटक बाघभैरवको विशेष जात्रा गरिन्छ ।

दुई वर्ष अगाडि यस किसिमको जात्रा सम्पन्न गरिएको थियो । यस जात्राअन्तर्गत विभिन्न देवदेवीका नाच देखाइन्छ । भैरव, बाराही, गणेश, कुमारी, ब्रम्हायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ । कीर्तिपुर बासिन्दाका इष्टदेवताका रुपमा समेत बाघभैरवलाई मानिएको छ ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousस्वउत्पादनमा देश अगाडी, नेपालले बेच्यो ५ अर्वको हस्तकला सामग्री !
Nextनेपालमा युएनआरसिपिडीको एक दशक

ताजा खबर

  • काँगेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशनका लागि क्यालेन्डर बनाउनुपर्नेमा जोड
  • आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
  • ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का लागि आवेदन खुला
  • भोजपुर घटना : मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो
  • शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय थप

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved