• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




नेपालमा युएनआरसिपिडीको एक दशक

Aug 17, 2018 |

नेपालमा युएनआरसिपिडीको एक दशक

385
SHARES
ShareTweet

काठमाडौँ  । नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यालय (युएनआरसिपिडी) स्थापना भएको दशौँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा राजधानीमा शान्ति र निःशस्त्रीकरणका विविध आयामबारे चर्चा परिचर्चा भयो । 


ADVERTISEMENT


ADVERTISEMENT

# # #



अन्तर्राष्ट्रिय युवा दिवसको समेत सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकूद मन्त्रालय, नेपालमा कार्यरत संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकायका पदाधिकारीले एशिया–प्रशान्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न केन्द्रले निर्वाह गरेको भूमिकाबारे जानकारी दिइएको थियो ।

मावि, उच्च मावि र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई भेला गरेर आयोजना गरिएको उक्त कार्यक्रममा ‘निःशस्त्रीकरणका लागि हाम्रो साझा भविष्यको संरक्षण’ मूल विषयवस्तुमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो । निःशस्त्रीकरणलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गरी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सुरक्षित समाज स्थापनाका निम्ति सघाउन युवालाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रले विगत छ वर्षदेखि पाठ्यक्रम विकास केन्द्र, शैक्षिक तथा मानव संसाधन विकास र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)सँगको सहकार्यमा द्वन्द्व समाधानसम्बन्धी शैक्षिक सामग्री चार लाखभन्दा बढी विद्यार्थीमाझ पु¥याएको जनाएको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार केन्द्रले शान्तिको संस्कृति प्रवद्र्धनमा युवायुवतीको सामथ्र्यको अधिकतम उपयोग गर्दै त्यसनिम्ति उनीहरुलाई चालकका रुपमा अघि बढाउनु र उनीहरुलाई नै केन्द्रमा राखेर शान्ति तथा निःशस्त्रीकरणका कार्यक्रम एशिया–प्रशान्त क्षेत्रका ४३ देशमा सञ्चालन गर्दै आएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका निमित्त आवासीय प्रतिनिधि रिचर्ड हवर्ड र संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यलयका उपनिर्देशक अलेक्सान्डर मिचिचले आमसंहारका रासायनिक र जैविक हतियार तथा परम्परागतसहित सबै किसिमका साना हातहतियाररहित समृद्ध एवं शान्त विश्व समुदाय निर्माण केन्द्रको मूल लक्ष्य भएको बताउनुभयो । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousसाँस्कृतिक बिबिधताको उमङ्ग, यो हो बाघभैरव जात्राको रौनक ! !
Nextगरिबी अन्त्य गर्ने बलियो अस्त्र लघुबित्त – अर्थमन्त्री

ताजा खबर

  • एसीसी यू-१६ पूर्वी क्षेत्र कपको उपाधि नेपाललाई, सिंगापुर २ विकेटले पराजित
  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved