एजेन्सी– म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार घरेलु मैदानमा भएको खेलमा पनि पराजय व्यहोरेको छ । लिग अन्तर्गत गएरातिको तेस्रो खेलमा टोटनह्यामसँग ३–० को फराकिलो अन्तरले म्यानचेस्टर युनाइटेडलाई पराजित भएको हो ।


ADVERTISEMENT


घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडलाई खराब हार ब्यहोरेको हो । टोटनह्यामको जितमा लुकास मोउराले दुई गोल गरे भने ह्यारी केनले एक गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


खेलको ५० औं मिनेटमा केनले गोल गर्दै टिमलाई सुरूवाति अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मोउराले गोल गर्दै अग्रता दोब्बर पारे । खेलसकिन ६ मिनेट बाँकी हुँदा मोउराले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले सहज जित निकाल्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै कमजोर साबित भयो ।

यसअघि ब्राइटनसँग पराजित म्यानचेस्टर युनाइटेडले लिगका तीन खेलमा ३ अंक जोड्दै तालिकाको १३औं स्थानमा पुगेको छ ।

यता सतप्रतिशत जित निकालेको टोटनह्याम तीन खेलमा ९ अंकसहित दोस्रो स्थानमा छन् । गोल अन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ ।