दाङ– सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । एकजना बालिकाको भने जिवितै उद्धार गरिएको छ । घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका थिए ।


ADVERTISEMENT

# # #


घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । अहिले सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल प्रस्थान गरिसकेको छ ।

घटनास्थल सीमाखोली प्रहरी इकाइबाट करिब सात किलोमिटर पूर्वमा पर्दछ ।