काठमाडौँ – देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बनाइने भएको छ ।


ADVERTISEMENT


माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।


ADVERTISEMENT

# # #


यस्तै गृहमा जर्नादनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

माओवादी बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।