काठमाडौँ– प्रहरीले छुट्टै मधेशको अभियान चलाइरहेका सिके राउतलाई फेरि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
‘उनीहरूसँग सोधपुछ भइरहेको छ,’ थापाले भने। राउत मधेस छुट्टै देश बनाउनुपर्छ भन्दै अभियान चलाइरहेका छन्। यसअघि पनि प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा लिएर छोड्दै आएको छ।