बैतडी– कार्यकक्षमै गएर बैतडीको सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टमाथि शुक्रवार हातपात भएको छ । कार्यालयमा काम गरिरहेका बेला स्थानीय भरत मडै र नरेश मडैले हातपात गरेको लेखापाल भट्टले बताए । उनले भने “कार्यालयमा पुगेका दुवैजनाले शुरुमा गालीगलौज गरेको र पछि हातपात गर्यो ।”


ADVERTISEMENT


गाउँपालिकाका लेखापालमाथि हातपात भएको पुष्टी गर्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले दोषीमाथि कारवाही हुने बताए । यता कुटपीट गरेको आरोप लागेका पक्षले भने सो कुरा अस्वीकार गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच सुर्नया गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफूहरुको शान्ति सुरक्षाको ग्यारेन्टी नहुँदा सम्म काम नगर्ने भन्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

कार्यालयमै कर्मचारी कुटिने अवस्था आएकाले कर्मचारीहरुले निवेदन दिएर काम गर्न नसक्ने जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले बताए । – आजको नेपाल समाचारपत्रबाट