काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढी ब्लुज निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनायो । १६२ रनको विजयी लक्ष्य पच्छ्याएको बुटवल पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १४१ रनमा समेटियो । बुटवलका चिराग सुरी सर्वाधिक ५४ बलमा ७९ रन बनाएपनि जितका लागि प्रयाप्त हुन सकेन । उनले १२ चौका र एक छक्का हानेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै रोहन मुस्ताफाले २० रन बनाउँदा कप्तान सोमपाल कामी र सिद्धान्त लोहनीले समान १२/१२ रन जोडेर पेवेलियन फर्किए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

धनगढीका लागि सागर ढकालले २ विकेट लिए भने कमलसिंह ऐरी र डेनाइल लरेन्सले समान १/१ विकेट लिए । यसअघि धनगढीका लागि ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १०/१० रन बनाउँदा आउट भए । तेस्रो विकेट पिटर ट्रेगो १४ रन बनाउँदा आउट भए पनि चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले प्रतियोगिताकै सबैभन्दा धेरै १ सय ८ रनको साझेदारी गरे ।

लोरेन्स ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्र ३९ बलमा ५६ रन बनाउँदै अविजित रहे । सौरभ खनालले ४ बलमा १३ रन बनाए ।
बुटवलका विपिन खत्रीले दुई साथै रोहन मुस्तफा र अभिनाश बोहराले एक/एक विकेट लिए ।