काठमाडौं – काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार त्रिवी क्रिकेट मैदानमा काठमाडौँ किंस ११ ले चितवनलाई ६ विकेटले हराएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटि थालेको चितवनले निर्धारित २० ओभरमा १६१ रनको चुनौति दिएको थियो । चितवनले ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङको आक्रामक ब्याटिङको मदतमा ए बल बाँकी छँदै सबै विकेट गुमाएर १६० रन बनायो ।


ADVERTISEMENT

# # #


१६१ रनको चसनौति पच्छ्याएको काठमाडौँको सुरुवात राम्रो पहिलो विकेट गुमाएर ३६ रन बनाउँदा काठमाडौँले ६.३ ओभर खेलिसकेको थियो । तर पाँचौ नम्बरमा आएका सुब्रमानिन आनन्दले १८ बलमा नटआउट ४३ रनको आक्रामक इनिङ खेल्दै टिमलाई जिताए ।

त्यसका लागि उनले ४ छक्का र एक चौका प्रहार गरे । काठमाडौँका लागि अन्य खेलाडीहरुमा सागर पुन ३९, नरेश बुढाऐर २२ र अमित श्रेष्ठले १८ रन बनाए । यस्तै आएरल्याण्डका केबिन ओब्राइनले ९ रन जोड्दा अमरसिंह रौटेला १२ बलमा २१ रन बनाएर नटआउट रहे ।

यता चितवनका लागि साहब आलमले २ विकेट लिए भने ललित भण्डारी र पाउल स्टर्लिङले समान १/१ विकेट हात पारे ।

यसअघि चितवनका प्रेरित चितवन टाइगर्सले काठमाडौं किङ्स ११ लाईरनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ईपीएलको आजको पहिलो खेलमा स्टर्लिङले १३ बलको सामना गर्दै ३४ रन बनाएका थिए । ३४ रन बनाउने क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे ।

तल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेपछि चितवनले सुखद अन्त्य भने गर्न सकेन । १९.५ ओभर पूरा खेलेको चितवनले सबै विकेट गुमाउँदै १६० रन बनाएको हो । चितवनका कप्तान पृथु बास्कोटाले २० रन बनाउँदै काठमाडौंविरुद्ध १६१ रनको लक्ष्य दिन सहयोग गरे । त्यस्तै, नेपाली क्रिकेट टिमका प्रभावकारी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ४० बलको सामना गर्दै ४५ रन बनाए ।

मध्यक्रमको ब्याटिङ धानेका दिपेन्द्रसिंह ऐरीलाई काठमाडौंका प्रदिप साहुले आफ्नो तेस्रो विकेटका रुपमा पवेलियन फर्काए । चितवनका लागि सन्दीप सुनारले २५ र जर्ज स्कटले १५ रन बनाए ।

चितवनविरुद्ध काठमाडौंका जितेन्द्र मुखियाको प्रदर्शन कमजोर रह्यो । उनले २ ओभर विना विकेट २७ रन खर्चिए । तर, प्रदिपले उत्कृष्ट बलिङ गर्दै ४ ओरभमा २४ रन मात्रै खर्चेर ३ विकेट र साम्सद शेखले २.५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै, सागर पुन, केबिन ओ ब्राहिम र अमरसिंह रौटेलाले समान एक—एक विकेट लिए ।

आजै अर्को खेलमा पोखरा राइनोज र ललितपुर प्याटिर्यट्स भिड्दैछन् ।