काठमाडौं । यूरोपेली संघ ९ईयू० र जापानबीचको स्वतन्त्र व्यापार सम्झौता अनुमोदन भएको छ । बुधवार सम्झौता अनुमोदनको अन्तिम चरण पूरा भएको हो । आगामी वर्षको शुरुआतदेखि नै यो सम्झौता कार्यान्वयनमा आउने बताइएको छ । यो सम्झौताको पक्षमा यूरोपेली संसद्मा ४ सय ७४ मत परेको थियो भने विपक्षमा १ सय ५६ मत परेको थियो । जापान र ईयूको अर्थतन्त्रले समग्र विश्वको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को एकतिहाइ अंश ओगट्छ ।


ADVERTISEMENT


यी दुवै क्षेत्र अमेरिकासँगको व्यापारिक तनावका कारण समस्यामा छन् । ईयूकी व्यापार अधिकारी एन्ना सेसिलिया माल्मस्ट्रोमले यो सम्झौताले ईयूका कम्पनी, किसान, सेवाप्रदायक र अन्य क्षेत्रलाई पनि सहयोग पुग्ने बताइन् । ईयू–जापान व्यापार सम्झौताले जापानी कारहरूमा ईयूले लगाउने १० प्रतिशत आयात कर र कारका पार्टहरूमा लगाइएको ३ प्रतिशत कर हट्नेछ । यसका साथै जापानले पनि ईयूको चिज उत्पादनमा लगाइएको ३० प्रतिशत र रक्सीमा लगाएको १५ प्रतिशत कर हटाउनेछ । एजेन्सी


ADVERTISEMENT

# # #