काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई महाभियोगको कुनै डर नरहेको बताएका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि दुई महिलालाई उनका निजी वकिलले अवैध भुक्तानी दिएको समाचारसँगै उनीमाथि महाभियोग लाग्न सक्ने चर्चा चलेको थियो ।


ADVERTISEMENT


राष्ट्रपतीय निर्वाचनअघि निर्वाचन प्रचारका लागि आर्थिक नियमको उल्लंघन गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो । ट्रम्पले आफूले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । ट्रम्पले आफू महाभियोगदेखि नडराएको र महाभियोग लगाइएमा जनताले त्यसको प्रतिवाद गर्ने बताएका छन् । गतसाता अमेरिकी अनुसन्धानकर्ताहरूले सन् २०१६ को निर्वाचनअघि ट्रम्पले दुई महिलालाई ६ अंकको रकम अवैध भुक्तानी दिन लगाएको बताएका थिए ।


ADVERTISEMENT

# # #


महाभियोगका लागि अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत पु¥याउनुपर्ने हुन्छ । रिप्रेजेन्टेटिभ्समा डेमेक्रेट्सको बाहुल्य छ । यद्यपि, ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन भने माथिल्लो सदनमा दुईतिहाइ बहुमत आवश्यक छ । माथिल्लो सदनमा ट्रम्पको पार्टी रिपब्लिकनको पकड छ । एजेन्सी