बिराटनगर । बिराटनगरमा खेलकुद बिकास र सम्भावना बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक धीरु बस्न्यातको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
क्षेत्रीय प्रहरी तालिम केन्द्रको सभा हलमा बुधबार प्रदेश तथा मोरङ जिल्ला खेलकुद गतिबिधिमा क्रियाशिल खेल, पदाधिकारीहरु एवं खेल पत्रकारहरुको उपस्थितिमा नेपाल प्रहरीको खेलकुद बिकास र सम्भावना बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा पुर्वाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष रबिन नगरकोटी, बिराटनगर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मनोज सुब्बा लगायत खेल क्षेत्रमा क्रियाशिल अन्य बिशिष्ट खेलाडी एवं खेल पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सुजन गौतम, मोरङ जिल्ला वक्सीङ सघंका अध्यक्ष रामवावु पासपान, सामुदायिक सेवा केन्द्रका किशोर सुब्बा, राष्ट्रिय खेलकुद समितिको पूर्व सदस्य, फिफा रेफ्री तिलक गिरी, महिला सदस्य पवित्रा लामा, मोरङ जिल्ला खेलकुद समितिका मनोज कुमार शर्मा, सामुदायिक सेवा केन्द्रकी मिना जोशी, विराटनगर वडा नम्बर १६ का अध्यक्ष मनोज सुव्वा, पूर्वाञ्चल खेलकुद समितिका अध्यक्ष रविन नगरकोटी, विराट गोल्ड कप अध्यक्ष (कोच) सन्तोष बानिया, जिल्ला खेलकुद सदस्य देवी चापागाई लगायतले बोलेका थिए ।