काठमाडौँ– युएईले दिएको २५५ रनको चुनौति पच्छ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका हुन् ।


ADVERTISEMENT


नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । विनादले १७ बलमा ९ रन हानेका थिए । पहिलो विकेट नेपालको ४.३ ओभरमा १९ रन बनाउँदा गएको थियो ।
त्यसपछि ज्ञानेन्द्रले पारस खड्कासंग १०.१ ओभरमा ६२ रनको साझेदारी गरे । त्यसक्रममा उनले ३५ बलमा ३१ रन बनाउँदा चार चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


नेपालका लागि अहिले पारस खड्का र दीपेन्द्र सिंह ऐरीले क्रिज सम्हालिरकेका छन् । ताजा अवस्थामा नेपाल १४.४ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको छ ।

पारस खड्का ३६ बलमा ३९ रन बनाएर खेलिरहेका छन् । यस क्रममा उनले ८ चौका प्रहार गरेका छन् । पहिलो एकदिवसीय श्रङ्खला जित्नका लागि नेपाललाई आज जितको विकल्प छैन । ३ खेलको श्रङ्खलामा यसअघि भएका २ खेलमा एक युएई र एक नपालले जितेका छन् ।