काठमाडौँ– युएईले दिएको २५५ रनको चुनौति पच्छ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका छन् । यसअघि तेस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका थिए।


ADVERTISEMENT


नेपालले पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । विनादले १७ बलमा ९ रन हानेका थिए । पहिलो विकेट नेपालको ४.३ ओभरमा १९ रन बनाउँदा गएको थियो ।
त्यसपछि ज्ञानेन्द्रले पारस खड्कासंग १०.१ ओभरमा ६२ रनको साझेदारी गरे । त्यसक्रममा उनले ३५ बलमा ३१ रन बनाउँदा चार चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


नेपालका लागि अहिले पारस खड्का र सन्दीप जोराले क्रिज सम्हालिरकेका छन् । ताजा अवस्थामा नेपाल २१ ओभरमा ३ विकेट गुमाएर १०६ रन बनाएको छ ।