काठमाडौँ– झापाको विर्तामोडमा सम्पन्न सरगम आइडलको उपाधि प्रतीक ढकालले जितेका छन् ।
सरगम संगीतालय विर्तामोडको आयोजनामा भएको गायन प्रतियोगितामा ७० जनाभन्दा बढी प्रतियोगीहरुलाई पछिपार्दै ढकाल च्याम्पियन बनेका हुन् । उनले फाइनलमा दीपक जङ्गमको ‘लोलाएका ठूलाठूला आँखा’ बोलको गीत गाएका थिए ।
विजेता ढकालले एक वर्षसम्म नि:शुल्क संगीत सिक्न पाउने छन् भने एउटा म्युजिक भिडियो र एउटा गीत पनि नि:शल्क रेकर्ड गर्न पाउने उनका बुवा टिका ढकालले हिमालय पोष्टलाई बताए ।