काठमाडौँ– धनगढीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो खेलमा रुपन्देही च्यालेन्जरर्सले महेन्द्रनगर युनाइटेड सामू ११२ रनको सामान्य चुनौति पेश गरेको छ ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ थालेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्रै बनायो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । उनले एक चौका र २ छक्का हो । यस्तै विनोद भण्डारीले १९ रन बनाउँदा बिक्रम सोब १६ रनमा नटआउट रहे । विक्रमले १० बलमा एक चौका र एक छक्का ठोके । यस्तै सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


यता महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले ३ विकेट चट्काए । चार ओभरमा उनले मात्र १९ रन खर्चिए । यस्तै अभिनास बोहराले ३ विकेट लिए उनले ३ ओभरमा मात्र ११ रन दिए । शरद भेषवाकरले १ विकेट लिँदा सागर ढकालले २ विकेट आफ्नो नाममा राखे । यता युएईका तीव्र गतीका बलर मोहम्मद नाभिदले भने कुनै पनि विकेट लिन सकेनन् ।