काठमाडौँ– सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडका विच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतामा सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


यस सम्झौता बमोजिम बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकका छोराछोरीलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायका लागि दिइने यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु. २५ लाखसम्मको हुनेछ ।


ADVERTISEMENT

# # #


यो शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थिलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुने बैँकले जनाएको छ ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्पन्न शैक्षिक कर्जा सम्बन्धी सम्झौताले बहालवाला तथा अवकासप्राप्त नेपाल सैनिकका क्षमतावान एवं जेहेन्दार सन्ततीहरुलाई विभिन्न प्राविधिक विषयहरुमा उच्च शिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग हुने बैँकको विश्वास छ ।