काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई समेट्दै माथि उठाउने गरि आर्थिक क्षेत्रको दिगो बिकासका लागि आगामी मौद्रीक नीति केन्द्रित हुने बताएका हुन् ।
उनले बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न नसकेको उल्लेख गर्दै यस प्रकारका समस्यालाई मौद्रिक नीतिबाट समाधान गरिने स्पष्ट पारे । गभर्नर पौडेलले तरलता बढिरहेको अवस्थामा त्यसलाई लगानी क्षेत्र पहिचान गर्दै परिचालन गर्नुपर्ने बताए ।
उनले वित्त नीतिसंग समन्वय गर्दै मौद्रीक नीतिलाई अघि बढाउने समेत धारणा राखे ।