एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ४० औं शतक पुरा गरेका छन्।
अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय खेलमा उनले करियरको ४० औँ शतक पुरा गरेका हुन्। उनले ४३ दशमलव १ ओभरमा आफ्नो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४० औँ शतक पुरा गरेका हुन्।
कुल १ सय ७ बल खेलेका उनले ९ चौकाको सहयोगमा उक्त योगफल बनाएका हुन्।
मंगलबारको खेलमा कोहलीले १ सय १६ रन बनाएका छन् । १ सय २० बलको सामना गरेका उनले १० चौकाको सहयोगमा १ सय १६ रन पुरा गरेका हुन् ।