काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको भ्रमण गर्ने भएकी छन् । राष्ट्रपति भण्डारी ‘कमिशन अन द स्टाटस अफ वुमेन’को ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते अमेरिकाको न्यूर्योक जान लागेकी हुन् ।


ADVERTISEMENT


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी गराए । भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने उनले जानकारी दिए । सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।