विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्ने रिना बस्नेतको मृत्यु प्रकरणको विषयमा पथरी बजार थप तनावग्रस्त बनेको छ। घटनाको विरोधमा आफन्त र स्थानीयले सुरु गरेको आन्दोलनले मंगलबार थप उग्ररुप लिएको हो।


ADVERTISEMENT


बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएपछि स्थिति असामान्य बनेको हो। स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीको लाठी चार्ज र अश्रुग्यास प्रहारबाट दुई जना स्थानीय घाइते भएका छन् । एक महिला र एक पुरुष घाइते भएका हुन् । घाइतेहरुको स्थानीय मेडिकल क्लिनिकमा उपचार भइरहेको छ ।रिना मोरङको पथरी शनिश्चरेमा ७ वैशाखमा मृत फेला परेकी थिइन् ।