काठमाडौँ – सरकारले आगामी वर्ष नदि किनार, सडक किनार र कान्लामा फलफूल खेती गरिने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् । बाँझो जमिन र खुला ठाउँमा किम्बु, कागती, घाँस खेती गर्न प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।
आन्तरिक विमानस्थलमा ठूला विमान जान सक्ने बनाउने, राष्ट्रिय राजमार्गको उपयुक्त खण्डलाई आपतकालीन धावनमार्ग बनाउने, कृषि आधुनिकरण यात्रिकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिइने सरकारले जनाएको छ ।
सौर्य उर्जासमेत उपोग गरी लिफ्ट सिञ्चाई गरिनेमानववस्ती कृषियोग्य जमिन र अन्य सम्पदा क्षति हुनबाट जोगाउन कोशीलगायतका नदी किनारमा तटबन्ध गरिने सरकारको योजना छ ।
यस्तै उच्च पहाडी भूभागका उपयुक्त स्थानमा ठूला पोखरी बनाइने, पानी उपयोग गरेर थोपा सिञ्चाई सञ्चालन गरिने, भूमिलाई क्षमता र उपयुक्तताको आधारमा वर्गीकरण गरिने सरकारले जनाएको छ ।