काठमाडौँ – सरकारले आगामी वर्ष वृक्षारोपणको वर्षका रुपमा घोषणा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गर्ने, २० लाख पर्यटक ल्याउने गरी २०२० मा नेपाल भ्रमण वर्ष गरिने, त्रिभुवन विमानस्थल २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने । बुटिक विमानस्थलको रुपमा विकास गर्ने लगायतका सरकारका योजना छन् ।

सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने