धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएको छ । स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो ।
विष्फोटमा परी ५ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
घाइतेहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
सुरुमा सिलिण्डर विष्फोटको शंका गरिए पनि प्रहरीले शक्तिशाली बम वस्फोट भएको पुष्टि भएको हो । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
घटनामा विप्लव समूह संलग्न रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान तीव्र पारिएको जनाएको छ ।