काठमाडौँ – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर १४ गने हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ । पार्टी महासचिव वैद्यको अध्यक्षतामा आइतबार बसेको पोलिटपोलिटब्युरोको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले निर्वाचनमा गएरभन्दा बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै निर्वाचनमा नजाने निर्णय गरेको छ । महासचिव वैद्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ ।’


ADVERTISEMENT

# # #


आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

यस्तै बैठकले भारतीय संविधानले जम्मूकश्मीरका जनतालाई विशेष अधिकार दिएको संविधानको धारा ३७० खारेज गरेर भारतले जम्मु–कास्मिरका जनताको विश्वासघात भएको बताएको छ । पार्टीले भारत सरकारको उक्त नीति र निर्णयको दृढ विरोध गरेको छ ।