काठमाडौँ – प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले सर्लाहीबाट काठमाडौँ आइरहेको यात्रुवाहक बस गत शुक्रबार त्रिशूली नदीमा खस्दा ज्यान गुमाउन पुगेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।


ADVERTISEMENT


सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले सडकको सुरक्षा गर्न नसकेकाले सडक दुर्घटना बढ्दै गएको बताए ।


ADVERTISEMENT

# # #


बैठकमा सांसदहरु अमृताकुमारी अग्रहरी, कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी र गौरीशङ्कर चौधरीले असार २६ गते र त्यसपछिको लगातारको वर्षाले बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विकले ट्याक्सी चालकले लापरवाही ढङ्गले यात्रुसँग भाडा असूल गर्ने गरेको, घनश्याम खतिवडाले बाढीपीडितलाई औषधोचारको व्यवस्था गर्न सरकार चुकेको र खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनपछि तराई तथा पहाडका केही जिल्लामा सिँचाइ सुविधाबाट अवरोध पुग्ने बताए।

सांसद झपटबहादुर रावलले सुदूरपश्चिमाञ्चल क्षेत्रमा औद्योगिक क्षेत्रको पुनःस्थापना गर्न माग गरे । सांसद गगनकुमार थापाले प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउने गरेको जवाफ दिन सम्बन्धित मन्त्रालयका मन्त्रीले बेवास्ता गर्ने गरेको बताए। रासस