काठमाडौं – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।


ADVERTISEMENT


‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मुकदर्शक भएर हुँदैन, तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्छ ।’


ADVERTISEMENT

# # #


सांसद गौतमले अहिले दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके कसले गर्छ भन्ने प्रश्न पनि गरे । मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगु प्रभावित हुँदा पनि स्वास्थ्यमन्त्री चुप बसेको भन्दै उनले राजीनामा माग गरे ।

‘मन्त्री स्वयं डेंगुको रोगले अस्पतालमा हुुनुहुन्छ । स्वास्थ्यकर्मी पनि यसबाट पीडित हुनुहुन्छ । ३ हजार जनता डेंगुबाट पीडित छ । सिंगो देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ति जनाउँदै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भने ।