काठमाडौँ– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताएका छन् ।


ADVERTISEMENT


आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी गरे ।


ADVERTISEMENT

# # #


मन्त्री केसीले खेलकुद क्षेत्रलाई विशुद्व व्यावसायिक बनाउने र सन् २०१९मा घरेलु मैदानमा नै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीलाई तीव्रता दिने बताए ।

उहाँले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसंग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी सागका लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउनेमा जोड दिए।

देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो ।

विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै उहाँले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री केसीको सफलताको कामना गर्दै सम्मान गर्नुभएको थियो ।