एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्दै मोदीले भने ,‘हामी त्यो देशको बासिन्दा हौं जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।’


ADVERTISEMENT

# # #


मोदीले संयुक्त राष्ट्र संघमा १७ मिनेटमात्र बोलेका थिए । सो क्रममा उनले कयैन मुद्दा उठाए ।

मोदीले उग्रवाद संसारको लागि खतरा भएको बताउदैं भने ,‘हाम्रो आवाजमा आतंकविरुद्ध संसारलाई सतर्क गर्ने गम्भिरता पनि छ र आक्रोश पनि छ । ’

मोदीले आतकंवाद एक देशको मात्र नभएर सम्पूर्ण मानवताको सबैभन्दा ठूलो चुनौतीमध्य एक भएको बताए । उनले यस विरुद्ध एक जुट हुनु महत्वपूर्ण भएको बताए ।
उनले संयुक्त राष्ट्र संघको महासभाको भाषणमा महात्मा गान्धीको सम्झना गरे । यो वर्ष माहात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेकाले थप उलेखनीय भएको मोदीले बताए ।

सम्बोधनमा मोदीले आफ्नो सरकारले चलाइरहेको आयुष्मान भारत, स्वच्छता अभियान, जनधन योजनाको समेत उल्लेख गरे ।

उनले आफ्नो सरकारले आगामी पाँच वर्षमा १५ करोड भारतीयको घरमा पानीको पाइप पु¥याउने र गरिबको लागि दुई करोड नयाँ घर निर्माण गर्ने योजना पनि सुनाए ।
मोदी यो हप्ताको सुरुमै अमेरिका पुगेका थिए । त्यहाँ उनी ह्युस्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगसँगै एक कार्यक्रममा सहभागी भएका थिए ।

भारतीय मुलका अमेरिकीले आयोजना गरेको ‘हाउडी मोदी’ नामक उक्त कार्यक्रममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका थिए । साथमा उनले अनुच्छेद ३७० हटाउने कार्यको पनि बचाउ गरे ।