एजेन्सी । ब्ल्याकहोल अन्तरीक्षको त्यो हिस्सा हो, जहाँ भौतिक विज्ञानको कुनै पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट केही पनि बच्न सक्दैन । यहाँसम्म कि प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन । यसले आफूमाथि पर्ने सबै प्रकाशलाई सोस्छ । त्यसैले यसलाई ब्ल्याकहोल भनिएको हो ।


ADVERTISEMENT


यसै वर्ष अप्रिलमा वैज्ञानिकहरुले ब्ल्याकहोलको एक तस्वीर सार्वजनिक गरेका थिए । यो तस्वीर पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याकहोल एम(८७ को थियो । त्यसका साथै २४ वर्ष अगाडि एक ब्ल्याकहोलको बारेमा पत्ता लागेको थियो, जसलाई ‘स्याजिटेरस ए स्टार’ नाम दिइएको थियो । यो आकाशगंगाको केन्द्रमा थियो । यसलाई एक शान्त ब्ल्याकहोल मानिन्छ । तर अहिले यही ब्ल्याकहोलमा हलचल देखापरेको छ ।


ADVERTISEMENT

# # #


शोधकर्ताहरुले ब्रहृमाण्डीय उथलपुथलको कारण सूर्यको आकारको एक तारा ब्ल्याकहोलमा विलिन भएको देखेको बताएका छन् । ब्ल्याकहोल सूर्यभन्दा ६० गुणा बढी गह्रुंगो भएको । वैज्ञानिकहरुले यस घटनालाई ज्वारीय विघटन (टाइडल डिसरप्सन) भनेका छन् ।

यस खगोलीय घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ्ग एक्सोप्लेनेट सर्भे स्याटलाइट टीईएसएस र नील गेहरेल्स स्विफ्टको मद्दतमा हेरिएको थियो । यस घटनाबारे जानकारी दिँदै नासाले भनेको छ, ‘ब्रहृमाण्डको यस्ता ज्वारीय घटना एकदमै बिरलै हुन्छ । १० हजारदेखि एक लाख वर्षको बीचमा आकाशगंगामा यो घटना हुन्छ ।’ नासाका अनुसार हालसम्म केबल चालीसपटक यस्तो खगोलीय घटना भएको पत्ता लागेको छ ।

एस्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको अनुसन्धान रिपोर्टका अनुसार ब्ल्याकहोल स्याजिटेरस ए स्टारको तुलनामा ‘भोकाएको’ छ । त्यसैले आफू आसपासका चिजहलाई यसले तीव्रताका साथ आफूमा विलीन गराइहाल्छ ।

एक ब्ल्याकहोलको आफ्नै प्रकाश हुँदैन । तर अरु चिजहरु यसमा समाहित हुन्छन् र प्रकाशको स्रोत बन्न सक्छन् । यद्यपि यी परिवर्तनबाट पृथ्वी वा आकाशगंगाका कुनै पनि ग्रहमा असर नपर्ने वैज्ञानिकहरु बताउँछन् ।