काठमाडौँ — महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेकी छन् ।


ADVERTISEMENT


सोमबार लैगिक हिंसा विरुद्धको अभियान वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री थापाले विगतमा राजनिति गर्ने महिलाहरुले गरेको मेहनत र बगाएको पसिनाका कारण आज सबै क्षेत्रमा महिलाको सहभागीता सम्भव भएको बताइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले किशोरीहरुले आजका दिनमा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने र सामाजिक समस्या निराकरणका लागि भूमिका निर्वाह गरेर भोलीको नेतृत्वका लागि तयार हुन प्रोत्साहित गरिन्। मन्त्री थापाले भनिन्, “ठाउँठाउँमा गएर बोल्नुहुन्छ, समाजका कुराहरु बुझ्नुहुन्छ, त्यसले तपाइलाई समाजमा स्थापित हुन सहज हुन्छ ।”

उनले गाउँस्तरका लैंगिक समस्या समाधानका लागि किशोरीहरुको भुमिका महत्वपूर्ण हुने भएकाले त्यसमा सघाउन अनुरोध गरिन् । “स्थानीय सरकारले तपाइहरुका कुरा सुन्छ, सन्नुपर्छ, तपाइहरुले स्थानीय सरकारलाई आफ्ना कुराहरु राख्नुस,काम गर्न सक्ने बनाउनुस ।”

किशोरी सञ्जालकी अध्यक्ष १७ बर्षकी मेनुका थापाले छोरीहरुले अहिले पनि घरबाट बाहिर निस्केर काम गर्न सक्ने वातावरण नभएको बताइन् । उनले सामाजिक कामका लागि घरबाहिर निस्कने कोशिस गरेपनि सामाजिक वातावरण सहज नहुदाँ समस्या रहेको उल्लेख गरिन्।

बर्दियाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई भेटेर आफ्ना सुझावहरु सुनाउन आएकी १६ बर्षिय दिक्षा गिरीले शिक्षित व्यक्तीहरुबाटै लैंगिक विभेद भोग्नुपरेको बताइन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउन लागेको हो । जसका लागि मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तीहरुसंग नियमित छलफल गरिरहेको छ ।