रुकुम (पूर्व) – जिल्लाको भूमे गाउँपालिका –३ खावाङबगरमा स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


भूमे गाउँपालिकाको रा १ ग २९ नम्बरको स्काभेटर पल्टिदा चालक भूमे गाउँपालिका –२ काँक्रीका ४८ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


खावाङबाट लुकुमतर्फ आँउदै गरेको स्काभेटर जमिन भासिएर पल्टिएपछि चालक बुढा च्यापिएका थिए । च्यापिएको अवस्थामा उद्दार गर्ने क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुढाको शव पोष्टमार्टमका लागि सदरमुकाम रुकुमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए।